अरुको बाँझो जमिन भाडामा लिएर खेती गरे ५ हजार अनुदान - Khabar Nepali
  • बुधबार, जेठ २१, २०७७

अरुको बाँझो जमिन भाडामा लिएर खेती गरे ५ हजार अनुदान

अरुको बाँझो जमिन भाडामा लिएर खेती गरे ५ हजार अनुदान

बेरोजगार युवालाई मध्यनजर गरेर लमजुङको मध्यनेपाल नगरपालिकाले बाँझो जमिनमा तरकारी र फलफूल खेती गरेमा प्रतिरोपनी ५ हजार रुपैयाँसम्म अनुदान दिने भएको छ।

नगरपालिकाका मेयर रमेशकुमार पाण्डेका अनुसार, यस अनुदानले ४० वर्ष मुनिका युवाहरुमा कृषि प्रति मोह बडाउने छ। उनका अनुसार बाँझो जमिनमा खेती गरेमा प्रतिरोपनी ४ हजार र अरुको बाँझो जमिन भाडामा लिएर खेती गरे ५ हजार अनुदान दिने निर्णय गरेको छ।

कोरोनाका कारण धेरै विदेशीयका युवाहरु आफ्नो देश आउने भएकाले यस अनुदानले खाध्यान संकट टार्न र रोजगारी सिर्जना गर्न मद्दत गर्ने नगरपालिका उपमेयरले बताए। साथसाथै युवाहरुलाई दीर्घकालीन रुपमा कृषिमा लाग्न यसले मद्दत पुराउने बताए। खेती गर्नका लागि वडा कार्यालयमामार्फत निवेदन संकलन गर्ने र संकलित निवेदनलाई ‘युवा एवं महिला, कृषि तथा पशुपालन लक्षित कार्यक्रम कार्यान्वयन कार्याविधि २०७५’ अनुसार गठित समितिले सिफारिस गरेपछि अनुदान दिइने मेयर पाण्डेले बताए।

निवेदन संकलनको काम भइरहेको र निवेदन प्राप्त भएपछि प्रक्रिया अघि बढाउने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरबहादुर खड्काले बताए।

सम्बन्धित खवर