जनप्रतिनिधि र पत्रकारमा कोरोना संक्रमण - Khabar Nepali
  • बुधबार, जेठ २१, २०७७

जनप्रतिनिधि र पत्रकारमा कोरोना संक्रमण

जनप्रतिनिधि र पत्रकारमा कोरोना संक्रमण

शनिबार कपिलवस्तुमा एक जनप्रतिनिधि र एक पत्रकार सँगै कोरोना संक्रमित हुनेको संख्या ७७ पुगेको छ।

कपिलवस्तुमा संक्रमित हुनेको संख्या दिनप्रतिदिन बढ्दै गईरहेको छ। शुक्रबार पनि २ जना पत्रकारमा कोरोना संक्रमण देखिएको थियो।

शनिबार कपिलवस्तुमा थप आठ जना कोरोना संक्रमित थपिएका छन् जसमध्ये ६ जना वाणगंगा नगरपालिका वडा नम्बर ८,३,११,५,१० र २ जना बुद्धभूमिका वडा नम्बर ४ रहेको स्वास्थ्य कार्यालयले जनाएको छ।

वाणगंगा बाट कोरोना संक्रमित हुने २५,१९,४२,४० र ३५ वर्षका पुरुष र २७ वर्षिय महिला रहेकी छन्। साथै बुद्धभूमि नगरपालिकामा २२ वर्षका पुरुष र १७ वर्षकी महिला रहेकी स्वास्थ्य कार्यालयले कपिलवस्तुले जनाएको छ।

जनप्रतिनिधि र पत्रकार बाहेक अरु ६ जना भारतबाट आएको स्वास्थ्य कार्यालयले जनाएको छ।

सम्बन्धित खवर