कुनै इतिहासक तथ्य र प्रमाण बिना नेपालले सार्वजनिक गरेको नक्सा हामीलाई मान्य हुने छैन - Khabar Nepali
  • बुधबार, जेठ २१, २०७७

कुनै इतिहासक तथ्य र प्रमाण बिना नेपालले सार्वजनिक गरेको नक्सा हामीलाई मान्य हुने छैन

कुनै इतिहासक तथ्य र प्रमाण बिना नेपालले सार्वजनिक गरेको नक्सा हामीलाई मान्य हुने छैन

नेपालले बुधबार जारी गरेको नयाँ नक्साप्रति  भारतले आपत्ति जनाएको छ। लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटेर बनाएको नक्सा बुधबार सार्वजनिक गरिएको हो।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले कुनै इतिहासक तथ्य र प्रमाण बिना नेपालले सार्वजनिक गरेको नक्सा हामीलाई मान्य हुने छैन बताएका छन्।

दुई देशबीचको सीमा विवाद वार्ताका माध्यमबाट समाधान गर्ने समझदारीको विरूद्ध छ,’ उनले भनेका छन्,’यस्तो बनावटी रूपमा गरिएको भू-भाग बढोत्तरीको दाबी भारतलाई मान्य छैन।’ उनले नेपाल यो विषयमा भारतले निरन्तर रूपमा राखिरहेको अडानबारे जानकार छ भएकाले नेपाल सरकारलाई अनुचित रूपमा नक्सा जारी गर्ने कदम रोक्न र भारतको सम्प्रभुता र अखण्डताको सम्मान गर्न आग्रह गरे।

नेपाली नेतृत्वले दुई देशबीचको सीमा विवाद कूटनीतिक वार्ताका माध्यमबाट सल्टाउन सकारात्मक वातावरण बनाउने प्रवक्ता श्रीवास्तवले आशा व्यक्त गरे। यसअघि नेपाल सरकारले सुगौली सन्धीलगायत ऐतिहासिक दस्तावेजमा लिम्पियाधुरा, कालापानी, लिपुलेक नेपाली भूमि भएको उल्लेख गर्दै ती क्षेत्रलाई समेटेर बुधबार नयाँ नक्सा जारी गरेको छ। उक्त नक्साको आम प्रयोगका लागि संविधानको निशान छाप परिवर्तन गर्न सरकारले संविधान संशोधन गर्न लागेको प्रधानमन्त्री ओलीले बताएका छन्।

 

सम्बन्धित खवर