पथरी शनिश्चरे नगरपालिका ९ न वडामा राहत समिती गठन, कसले पाउँछन् राहत ? - Khabar Nepali
  • बुधबार, जेठ २१, २०७७

पथरी शनिश्चरे नगरपालिका ९ न वडामा राहत समिती गठन, कसले पाउँछन् राहत ?

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ९ नं. वडा कमिटि पथरीशनिश्चरे मोरङले लकडाउनको बेला भोकमरी न्युनिकरण गर्न ३०० केजी चामल राहत समितिलाई हस्तान्तरण गरेको छ ।

नेपाल सरकारले एकद्वार वितरण प्रक्रिया लागू गरे पछि वडा कमिटिले संकलन गरेको विपद व्यवस्थापन राहत समिति मार्फत वितरण गर्न समितीलाई हस्तान्त्रण गरेको हो । उक्त सामग्रीको खरिद बिल पत्र सहित वडा कमिटिले पथरीशनिस्चरे नगरपालिका वाड न ९ का वडा अध्यक्ष तथा विपद व्यवस्थापन राहत समितीका संयोजक भानुभक्त राईलाई वडा कमिटिका अध्यक्ष फडीन्द्र कार्की र सचिब किशोर चौहानले हस्तान्तरण गरेको छ ।

कोरोना भाईरसको संभावित संक्रमण रोक्नको लागि गरिएको लकडाउनबाट प्रभावित भएका अति विपन्न परिवारहरुलाई पथरीशनिश्चरे नगरपालिका वडा न ९ ले दैनिक उपभोग्य सामाग्रीहरु राहत वितरण गर्नका लागी ११ जनाको समिती गठन गरेको छ ।

समितिमा संयोजक (वडा अध्यक्ष) भानुभक्त राई , सदस्य सचिव (वडा सचिब) दिर्घराज राय, सदस्यमा फरिन्द्र कार्की, पिताम्बर बास्कोटा, मुकुन्द पौडेल, सशत्र प्रहरी बल बेश क्याम्प प्रमुख सुमन राई, कुशे चौरी प्रहरी चौकी प्रमुख हरीनारायण राजवशी, देबेन्द्र वनेम, सुमन वनेम, स्वस्थ चौकी शनिस्चरे प्रमुख प्रकाश कार्की, र मदन बहादुर अधीकारी रहेका छन् ।

आठ दिनदेखिको लगातारको लकडाउनले दैनिक ज्यालादारी गरेर खाने गरिव तथा मजदुर परिवारहरुलाई विहान वेलुकाको छाक टार्न समस्या परेको भन्दै वडा न ९ ले उक्त कुराको महसुस गरी राहत बितण गर्ने निर्णय गरेको जानकारी दिएको छ ।

वडामा वसोवास गर्दै आएका समुदायका विपन्न वर्गलाई वडाले ३०० केजी चामल तथा अति आवश्यक कुरा नुन, तेल र दाल वितरण गर्ने कुरा वडा नं ९ का वडा अध्यक्ष भानुभक्त राईले जानकारी दिए ।

त्यस्तै वडामा रहेका समाजसेवी तथा व्यवसायी मुकुन्द पौडेलले ३०० केजी चामल विपन्न परीवारलाई बितरण हुने हिसाबले राहत समितीलाई हस्तान्तरण गरेका छन् । पौडेलले भने “भोक के हो मलाई थाह छ । २०४८ सालमा मेरो घर आगलागी भएको थियो । जतिबेला मेरो घर त बचेन, साथ साथै घरमा भएको अन्नहरु पनि सबै जलेर खरानी भयो । मेरा एक छोरा, श्रीमती र आमा, हामी सबै भोकै सुत्न बाध्य भईम् । त्यस पछि छिमेकीको सहयोगले हाम्रो पेटमा अन्न परेको थियो । हो मेरो जस्तो पिडा दैनिक ज्यालादारी गरेर खाने गरिव तथा मजदुर परिवारहरुलाई न परोस् भन्ने उदेश्यले यो संकटको घडीमा मैले यति सहयोग गरेको हो । ”

त्यस्तै पथरीशनिश्चरे नगरपालिकाका युवा समाज सेवी वडा न ९ निवासी रोशन खरेलले राहत समितीलाई रु १० हजार आर्थिक सहयोग गरेका छन् । उक्त रकमबाट खाद्य सामग्री किनेर वडाका बिपन्न परिवारलाई बितरण गर्नका लागी उनले उक्त रकम सहयोग गरेका हुन् । ‘यहि समाजमा हुर्केको म पनि एक सचेत युवा हुँ । विपतको बेलामा दैनिकी ज्याला मजदुरी गरेर खाने परीवारलाई केहि राहत होस् भन्ने उदेश्यले मैले सहयोग गरेको हुँ ।’ खरेलले बताए ।

त्यस्तै सोही वडाका अर्का युवा भानु खड्काले पनि १०० केजी चामल, १० पोका तेल, १० पोका नुन वडा न ९ को राहत समिती समितीलाई सहयोग गरेका छन् ।

त्यस्तै महिला जागृती वन समुहले १५ हजार नगद राहत समितीलाई हस्तान्तरण गरेको छ ।

वडाका पिपन्न परीवारको घरको जनसंख्या मुल्याङकन गरी आवश्यक राहत बितरण गर्ने सदस्य सचिब (वडा सचिब) दिर्घराज रायले जानकारी दिए ।

अव देखि राहत बाँड्नु परे प्रिय सहयोगी मन, संघ र संगठनले वडाको बिपत समितीसँग सम्पर्क गरी सहयोग गर्नुहुन अध्यक्ष राईले सुझाब दिए । उनले थप भने ‘कोरोना भाइरसको संक्रमणबाट जोगिन जारी गरिएको लकडाउनका कारण दैनिक ज्यालादारी मजदुर सहित अतिआवश्यक पर्ने वडावासीका लागि राहत जुटाउने कार्य भइरहेकाले इच्छुक व्यक्ति, संघ संस्था सहित सवैमा राहतमा जुट्न आव्हान पनि गरीन्छ ।”

सम्बन्धित खवर