सामाजिक सन्जालमा भाइरल भएको एक अडियोमाथी अनुसन्धान सुरु - Khabar Nepali
  • सोमबार, चैत १७, २०७६

सामाजिक सन्जालमा भाइरल भएको एक अडियोमाथी अनुसन्धान सुरु

नेपालमा कोरोना भाइरस भित्रिइसकेको भनेर सामाजिक सन्जालमा भाइरल भइरहेको एक अडियोको विषयमा नेपाल प्रहरीले अनुसन्धान थालेको छ ।

प्रहरीका केन्द्रीय प्रवक्ता शैलेस थापा क्षेत्रीले प्रहरीको साइबर व्यूरोले अनुसन्धान सुरु गरेको जानकारी दिए । उनले भने, ‘प्रहरी प्रधान कार्यालयले अनुसन्धान गर्न भनेर निर्देशन दिएको थियो, त्यसपछि यो अफवाहको बारेमा अनुसन्धान सुरु भएको छ ।’

हाल सामाजिक सन्जालमा भाइरल भइरहेको एक व्यक्तिले नेपालमा कोरोना भाइरस भित्रिइसकेको भनेको उक्त अडियोले मानिसमा झन त्रास ल्याएको छ।
कोरोना भाइरसबारे गलत सूचना प्रवाह नगर्न र गरेमा कानुन बमोजिम कडा कारबाही गर्ने चेतावनी सरकारले दिँदै आएको छ ।

सम्बन्धित खवर