कोरोना आशंकामा पाँच जना टेकु अस्पतालमा भर्ना - Khabar Nepali
  • सोमबार, चैत १७, २०७६

कोरोना आशंकामा पाँच जना टेकु अस्पतालमा भर्ना

कोरोनाभाइरसको आशंकामा पाँचजना विदेशी नागरिकलाई टेकु अस्पतालमा भर्ना गरिएको छ।

डा. सागरराज भण्डारीका अनुसार पाँचै जना अमेरिका र स्कटल्याण्डका नागरिक हुन्।

उनले भर्ना भएकामध्ये चारजना आइसोलेसनमा रहेका र एकजनालाई आइसियूमा राखेर उपचार गरिरहेको जानकारी दिए।

एकजनालाई अवस्था अलिक जटिल देखिएपछि आइसियूमा भर्ना गर्यौं’ उनले भने, ‘तर उहाँको परीक्षण गर्दा नतिजा नेगेटिभ आएको छ। फेरि दोस्रो परीक्षण गर्ने तयारी गर्दैछौं।’

आइसियूमा रहेका उक्त व्यक्तिको अवस्थामा राम्रो सुधार आएको भन्दै उनले आजै आइसियूबाट बाहिर निकाल्ने तयारी गरेको बताए।

उनले सबैको आज बेलुकासम्म परीक्षणको नतिजा आइसक्ने जनाए।

सम्बन्धित खवर