कोपा अमेरिका एक वर्ष स्थगित - Khabar Nepali
  • सोमबार, चैत १७, २०७६

कोपा अमेरिका एक वर्ष स्थगित

कोपा अमेरिका २०२० फुटबल प्रतियोगिता एक वर्षका लागि स्थगित भएको छ। दक्षिण अमेरिकाको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता कोपा अमेरिका कोरोनाभाइरसको खतराका कारण स्थगित गरिएको दक्षिण अमेरिकी फुटबल महासंघले जनाएको छ।

१२ जुन देखि १२ जुलाईसम्म हुने कोपा अमेरिका अर्जेन्टिना र कोलम्बियामा हुने तय भएको थियो। अब कोपा अमेरिका एक वर्ष पछि सरेर २०२१को ११ जुनदेखि ११ जुलाईसम्म हुनेछ।

सम्बन्धित खवर