पथरीशनिश्चरेको विकासमा कोरियाली कम्पनीको चासो - Khabar Nepali
  • सोमबार, चैत १७, २०७६

पथरीशनिश्चरेको विकासमा कोरियाली कम्पनीको चासो

दक्षिण कोरियाली कम्पनीले मोरङको पथरी शनिश्चरे नगरपालिकाको पर्यटन प्रवद्र्धन सहितको विकासमा चासो देखाएको छ ।
भ्रमण वर्षको कार्यक्रमको समेत सन्दर्भमा कोरयाली कम्पनी डेउका तर्फबाट गिल हो सङको नेतृत्वको प्राविधिक सहितको १४ जनाको टोलीले आज पथरीशनिश्चरे नगरपालिका कार्यालयमा भेटघाट तथा छलफलपछि पथरी बजार र सिमसार क्षेत्रको अवलोकन गरेको छ ।

स्थानीय समाजसेवी डा. देउमान सम्वाहाम्फे तथा भीम सम्वाहाम्फेको संयोजन पहलमा आएको टोलीले नगर प्रमुख दिलीपकुमार राई, उपप्रमुख यमुना विष्ट वास्तोला सहितका जनप्रतिनिधिसँग भेटी नगरको विकासमा चासो देखाएको छ । दक्षिण कोरियाको ‘इचाङ’ महानगरपालिका र ‘पथरीशनिश्चरे’ नगरपालिकाबीच मितेरी सम्वन्ध कायम गर्ने, सिमसार प्रवद्र्धन, नगरको स्वामित्वमा व्यवसायिक भवन तथा चिस्यान केन्द्र निर्माणको प्रस्ताव राखिएको नगर प्रमुख राईले जनाउनु भयो । प्रस्तावित प्रस्तावका विषयमा टोली सकारात्मक भइ सहयोग गर्न इच्छुक भएको पनि उहाँले वताउनु भयो ।

नगरपालिका कार्यालय भवन उत्तरको करीव १७ कठ्ठा जग्गामा व्यवसायिक भवन वनाउन नगरले गरेको पहलमा सघाउनका लागि सो स्थलको अवलोकन गराइएको छ । वजार क्षेत्रसम्मको अवलोकनपछि शान्ति भूल्के सिमसार र भूल्के मन्दिर क्षेत्रको अवलोकन गरी वन तथा सिमसारयुक्त पर्यटकीय सम्भावनप्रति टोली उत्साहि र आकर्षित भएको छ ।

हाल नगरमा १ दर्जन सिमसारयुक्त पोखरी निर्माण भएका र अरु १ दर्जनको संख्यामा निर्माणको क्रममा रहेका छन् । जसमा नगरपालिका कार्यालयले सामुदायिक वनसँगको साझेदारीमा वन तथा सिमसारयुक्त पर्यटन प्रवद्र्धनको योजना बनाउँदै गरेको पनि टोलीलाई जानकारी गराइएको थियो । ‘यहाँको प्रगति उन्मुख र रमाइला ठाउँहरुले लोभ्याएको छ । खुसी लाग्यो । हामीले सहकार्यका लागि यहाँ चाहिने सामग्री तयार गरिरहेका छौं ।’ सो क्रममा टोली प्रमुख सङले भन्नुभयो ।

सो टोलीले ६ महिना अघि पहिलो पटक नगरपालिकासँग छलफल गर्दै शान्तिभूल्के सिमसार क्षेत्रको अवलोकन गरेको थियो ।

सम्बन्धित खवर