पथरीशनिश्चरेमा १०० जना युवा लाइ लोकसेवा कक्षा र कम्प्युटर तालिम सुरु - Khabar Nepali
  • मङ्गलबार, फागुन १३, २०७६

पथरीशनिश्चरेमा १०० जना युवा लाइ लोकसेवा कक्षा र कम्प्युटर तालिम सुरु

पथरी शनिश्चरे, १ फागुन
मोरङको पथरी शनिश्चरे नगरपालिकाका युवाहरुका लागि २ महिने लोकसेवा तयारी कक्षा र कम्प्युटर अपरेटर तालिम सुरु भएको छ ।

पर्फेक्ट मल्टिपल इन्स्टिच्यूट प्रालिको आयोजनामा आज नगर प्रमुख दिलीपकुमार राईबाट तालिमको उद्घाटन् भएको छ । तालिमको उद्घाटन् गर्दै उहाँले युवाहरु हरेक तबरले प्रतिष्पर्धी हुन शुभकामना दिदै भन्नु भयो ‘हामीले बल्छी दिने हो, माछा होइन बल्छीमा माछा तपाइहरुले पार्नुहोस शुभकामना’ । नगर प्रमुख राइले नगर भित्रका युवाहरु लाइ स्वरोजगार बन्न र सरकारी जागिरमा पनि अब्बल बनाउन नगरपालिकाले बिभिन्न तालिम दिएको बताउनु भएको छ ।

प्रति तालिमका लागि २ लाख ९० हजार रुपैयाँको नगरपालिका कार्यालयको बजेट अनुरुप कार्यक्रम अघि बढाइएको इन्स्टिच्यूटका निर्देशक युवराज चौंलागाईंले बताउनु भयो । दुवै विधामा ५०,५० जना सहभागि रहेका छन् । कम्प्युटरका लागि रुद्रमणि सिटौला र रजनी तामाङले तथा लोकसेवाका लागि गिरीराज भट्टराई, एकनाथ दहाल, सरोज सुवेदी र ज्ञानेन्द्र नेपालले सहजिकरण गर्नुहुनेछ ।

सम्बन्धित खवर