पथरीशनिश्चरेमा महिलाहरु लाइ स्वरोजगार बनाउन ढाकातान तालिम संचालन ! - Khabar Nepali
  • आइतबार, फागुन ११, २०७६

पथरीशनिश्चरेमा महिलाहरु लाइ स्वरोजगार बनाउन ढाकातान तालिम संचालन !

पथरी शनिश्चरे, १ फागुन
मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयले नगरका महिलाहरुका लागि ३ महिने निःशुल्क ढाका तान तालिम सुरु गरेको छ ।

वडा नम्वर ९ मा एक कार्यक्रमकाबीच नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले आज ढाका तान तालिमको उद्घाटन् गर्दै आयमुलक तालिम लिएर महिलाहरु स्वनिर्भर हुनुपर्ने कुरामा जोड दिनुभयो । नगरपालिकामा आफु पनि महिला जनप्रतिनिधि भएको हुदा महिलाहरुलाई स्वरोजगार बनाउन यस्तो प्रकारको तालिम संचालन गर्दै जाने उपप्रमुख बिष्टले बताउनु भयो ।

वडास्तरीय प्रगतिशील ढाकातान तालिम समितिको आयोजनामा नगरपालिकाको २ लाख ५० हजार रुपैयाँको बजेटमा कार्यक्रम थालिएको हो ।

नगरपालिकाले गत आर्थिक बर्षमा पनि ढाकातान तालिम वडा नम्बर तिनमा संचालन गरेको थियो ।

सम्बन्धित खवर