धुर्मुसले बनाए – सेन्टी भाइरस - Khabar Nepali
  • मङ्गलबार, चैत २५, २०७६

धुर्मुसले बनाए – सेन्टी भाइरस

मेरी बास्सैबाट चर्चामा आएका कलाकार धुर्मुस –(सिताराम कट्टेलले) निर्माण गरेको चलचित्र सेन्टी भाइरसको पोस्टर करिव पचास हजार सवारीसाधनमा टासिने भएको छ । अस्ती सोमबार आयोजित कार्यक्रममा धुर्मुसले ट्याक्सीमा पोस्टर टासेर सो अभियानको सुरुवात गरे । धुर्मुसले भने – एकपटक गएर चलचित्र हेदिनुहोला ।
चलचित्रमा सिताराम कट्टेल, दयाहाङ राई, बुद्धि तामाङ राजाराम पौडेल लगायतको टोलीले अभिनय गरेको छ । चलचित्रलाई राम बाबु गुङले निर्देशन गरेका छन् भने चलचित्रमा सङीत भने राजनराज शिवाकोटी,कालि प्रसाद सापकोटा लगायतको टोलीले गरेको छ ।

चलचित्रबाट उठेको ५० प्रतिशत रकम गौतम बुद्ध अन्तराष्टिय क्रिकेट रङ्गशाला निर्माणमा खर्च गरिने छ । आउदो फागुन ९ गतेबाट चलचित्र प्रर्दशनमा आउनेछ ।

सम्बन्धित खवर