अनु मलिकमाथि लागेको यौ'न शो'षणको केस बन्द - Khabar Nepali
  • मङ्गलबार, फागुन १३, २०७६

अनु मलिकमाथि लागेको यौ’न शो’षणको केस बन्द

सन् २०१८ मा सुरु भएको ‘मीटू अभियान’ को सिलसिलामा बलिउडका केही हस्तीहरु पनि मुछिए । जसमा संगितकार अनु मलिकको नाम पनि सामेल भयो ।

अनुमाथि सोना महापात्रा, श्वेता पण्डित, नेहा भसीन, केरालिसा मोन्टेरियो र डेनिका डिसूजाले यौ’न शो’षण गरेको आरोप लगाएका थिए ।

उनीहरुले लगाएको आरोपपछि राष्ट्रिय महिला आयोगले अनुको विरुद्ध प्रशस्त प्रमाण नजुटेपछि उक्त केस बन्द भएको छ ।

आयागकी बर्नाली सोमले सोटी पिक्चर्स नेटवक्र्स इन्डिया प्राइभेट लिमिटेडकी माधुरी मल्होत्रालाई एक पत्र लेख्दै एनसीडब्ल्यूले अनुको वि’रुद्धको केस बन्द गरेको जानकारी गराएको हो ।

आयोगले सोना मोहापात्रासँग आरोपको सम्बन्धमा दस्तावेज माग गरेको थियो । जुन सोनाले उपलब्ध गराउन सकिनन् ।

राष्ट्रिय महिला आयोगकी प्रमुख रेखा शर्माको अनुसार पीडितले आयोगमा आउन इन्कार गरेको र ४५ दिनसम्म पर्खेपछि उक्त केस बन्द गरिएको हो ।

अनु मलिक विरुद्ध ज–जसले आरोप लगाएका थिए ती महिलाहरु अहिले आयोगको सम्पर्कमा नआएको आयोग प्रमुख शर्माले जानकारी दिइन् ।

सम्बन्धित खवर