सोनम कपूरलाई ट्याक्सी ड्राइभरले गरे नराम्रो व्यवहार - Khabar Nepali
  • आइतबार, फागुन ११, २०७६

सोनम कपूरलाई ट्याक्सी ड्राइभरले गरे नराम्रो व्यवहार

बलिउड अभिनेत्री सोनम कपूर पछिल्लो समय पतिसँग लण्डनमा बस्दै आएकी छिन् । यसै सिलसिलामा उनी लण्डनका केही तस्बिरहरु सामाजिक सञ्जालमार्फत सेयर गरिरहन्छिन् ।

हालै, उनले लण्डनमा उनको साथ एकदमै ड’रलाग्दो घ’टना घटेको बताएकी छिन् । जुन कुरा उनले ट्विटरमार्फत सेयर गरेकी छिन् । उनले ट्याक्सीमा आफूमाथि घटेको ड’रलाग्दो घ’टनाको बारेमा बताएकी छिन् ।

ट्याक्सी ड्राइभरले नराम्रो व्यवहारले ड’राएको समेत उल्लेख गरेकी छिन् । उनले ट्विटरमा लेखेकी छिन्, ‘हेल्लो गाइज, मैले लण्डनको उभर ट्याक्सीमा आफ्नो जिन्दगीको सबैभन्दा ड’रलाग्दो यात्रा गरेँ । त्यसैले सतर्क रहनुहोस् । सबैभन्दा उत्तम यात्रा सार्वजनिक यातायात र क्याब नै हो । म एकदमै धेरै डराएँ ’

सोनम कपूरले सन् २०१८ मा व्यवसायी आनन्द आहुजासँग विवाह गरिन् । आनन्दको व्यवसायको सिलसिलामा उनी प्रायः लण्डनमा बस्दै आएकी छिन् ।

सम्बन्धित खवर