दिपकराज गिरिले आस्था राउतलाई यस्तो भने - Khabar Nepali
  • मङ्गलबार, चैत २५, २०७६

दिपकराज गिरिले आस्था राउतलाई यस्तो भने

केही दिन अघि देखी गायिका आस्था राउत लाइभमा आएर नेपाल प्रहरीलाई अपशब्द बोलेकी थिइन् । हिजो मात्र बिमानस्थलमा के भएको थियो भनेर सिसि टीभी फुटेज बाहिर निस्केको थियो । उक्त फुटेजलाई लिएर अहिले समाजिक सञ्जाल तातेको छ । र, यही समयमा कलाकार दिपकराज गिरीले आफ्नो फेसबुकमा इस्टाटस लेख्दै आस्था राउतलाई यसो गर्न सुझाव दिएका छन् ।

प्रिय आस्था बहिनी ।
यो बिषयमा लेख्न मन थिएन । तर तिम्ले निरन्तर गाली खाएको देखेर किन किन लेख्न मन लाग्यो । म पनि बिगतमा यस्ता धेरै घटनाहरू बाट गुज्रेको छू । यस्तै प्रकारका घटनाहरू बाट पाठ पनि सिकेको छू ।

समस्या कॉहाबाट आयो भने, तिम्ले भिडको सामना गर्दै प्रहरी लाइ चेक गराउदै अधि बढ्नु पर्यो । भिड र संबेदनशील क्षेत्र मा काम गर्ने प्रहरी जवान हरू लाइ छुट्टै प्रेसर हुन्छ । उनिहरू लाइ छुट्टै दवाव हुन्छ । उनिहरू १० घन्टे लामो ड्यूटीमा हुन्छन्, सानो गल्ति भए ज़ागिरै संकटमा पर्छ । त्यस्तो बेला उनिहरू वाट अलि रूखो ब्यबहार निस्किन्छ पनि ।

त्यँहा पनि निस्कियो होला तर हामि कलाकार वा सेलेब्रिटीज़ को गल्ति नै नभए पनि समाचार बाहिर आएपछि गल्ति हाम्रै देखिने रहेछ। सेलेब्रिटीज़ भनेको सेतो कपडा रहेछ । अरू रंगमा दाग नदेखिए पनि सेतो मा सानो दाग पनि देखिहालिन्छ । अत सहनु पर्ने हामील्े नै रहेछ । बिदेशमा प्रायस् यस्तो घटना हूदैन किनकि त्यॉहा नेता मात्रै हूदैनन् धेरै कर तिर्ने ब्यापारिहरू, नाम चलेका खिलाड़ी, कलाकार हरू लाइ पनि मानिन्छ र सुबिधाजनक ढंगले चेक जॉच हुन्छ र भिडको सामना गर्नु पर्दैन र यस्तो दुर्घटनाको सम्भावना कम हुन्छ तर यो देशमा नेता मात्रै हो ।

यो संबेदनशीलता लाइ हामिले बुझ्नु पर्छ किनकि हामि भिड बाट नै गुज्रिनु पर्छ त्यस्तो अबस्थामा हामि सतर्क हुनै पर्छ मापसे काण्डमा म पनि परे गल्ति मेरै थियो तर जब म प्रहरी को पन्जामा परे म माथि भएको दूर्ब्यबहार डर लाग्दो नै थियो तर मेरो कुरा लाइ कसैले गम्भीरतापूर्वक नै लिएनन् । यसबारे हामिले नै होसियार हुनु पर्ने रहेछ ।

हामि लाइ अन्याय नै भयो भने पनि “कलाकार हो फूर्ती देखायो होला फस्यो नि “भनिदो रहेछ त्यसैले सकेसम्म यस्तो झमेलामा नपर्नु र परिहाले पनि माफ़ पॉउ भनेर छट्किनु नै सबैभन्दा उत्तम रहेछ । तिम्लाइ पनि त्यस्तै केहि रूखो ब्यबहार प्रयोग भयो होला ।तर गल्ति तिम्रो फ़ेसबुक लाइभ ले गर्यो त्यस्मा प्रयोग भएका शब्दले समस्या उत्पन्न गरायो तिमिलाइ केहि नभइ त्यस्तो भनिनौ होला ।

तर बाहिर बाट हेर्दा तिमि नै अमर्यादित देखियो अत यो घटना लाइ तिमिले हामिले सबैले एउटा पाठको रूपमा लिनु पर्छ । जे हुन्छ राम्रैको लागि हुन्छ आज कतिपय स्ट्याटस हरू “ कलाकार यस्तै घमण्डी हुन्छन् “ भनेर आउछ दुख लाग्छ ।।। त्यसैले सत्य जे होस् त्यो प्रहरी जवान बहिनी संग म माफ़ी माग्छू तिमि पनि माग । सेलिब्रिटी कल्चर हाम्रो देशमा छैन, हामी सामान्य नागरिक नै हौ यो बास्तबिकता लाइ बुझौ ।

दिपकराज गिरीको फेसबुक वालबाट जस्ताको त्यस्तै

सम्बन्धित खवर