घरमै बसेर घटाउनुस् तौल - Khabar Nepali
  • सोमबार, चैत १७, २०७६

घरमै बसेर घटाउनुस् तौल

घरमै बसेर घटाउनुस् तौल
आजकल अधिकांश मानिसमा मोटोपनाको समस्या देखिन्छ । शारीरिक व्यायामको कमी, असन्तुलित खानपान र गलत जीवनशैलीका कारण यस्तो समस्या बढिरहेको पाइन्छ । तौल घटाउन भन्दै विशेषगरी सहरी क्षेत्रमा जिम सेन्टर धाउने चलन छ । व्यस्त मानिसका लागि दैनिक जिम जानु झन्झटिलो पनि हुन सक्छ भने कतिपयका लागि खर्चिलो । यसर्थ, कुनै मेसिनको प्रयोगविना घरमै बसी–बसी पनि जिममा गरिने विभिन्न अभ्यास गर्न सकिन्छ । यस्ता अभ्यास, जसले फिटनेस कायम गर्न मद्दत गर्छन् ।

वार्मअप
हल्का जगिङसहित गरिने अभ्यास वार्मअप हो । यसमा जिउ तथा हातखुट्टा तन्काएर अभ्यास गरिन्छ । जसलाई स्टेचिङ भनिन्छ । यो अभ्यास करिब १० मिनेटसम्म गर्दा राम्रो हुन्छ ।

बुट क्याम्प
बुट क्याम्प एक किसिमको कार्डियो अभ्यास हो । उभिएर खुट्टा फट्टाउने अनि हात तल–माथि गरेर यो अभ्यास गरिन्छ । यसका तीन चरण हुन्छन् । प्रत्येक चरणमा ३० चोटि अभ्यास गरेर मोटोपना नियन्त्रणमा ल्याउन सकिन्छ ।

माउन्टेन क्लाइम्बिङ
हिमाल वा पहाड चढ्दा जसरी नै गरिने क्रियाकलापलाई माउन्टेन क्लाइम्बिङ भनिन्छ । यसमा भुइँमा खुट्टा राखेर जम्प गरिन्छ । यो एकैपटकमा २० देखि ३० चोटिसम्म गर्न सकिन्छ ।

क्वाट जम्प
स्कोट जम्प उठबस गरेर हलुका किसिमले गरिन्छ । यो अभ्यास एक चरणमा २० पटक गर्न सकिन्छ ।

बर्पी
हात भुइँमा टेकेर खुट्टालाई अगाडि–पछाडि वा तल–माथि जम्प गरेर गरिने अभ्यास बर्र्पी हो । यो अभ्यास एक चरणमा २० देखि ३० पटकसम्म गर्न सकिन्छ ।

सम्बन्धित खवर