घ’ट्यो प्याजको मूल्य, पहिलेभन्दा आधा नै कम - Khabar Nepali
  • सोमबार, चैत १७, २०७६

घ’ट्यो प्याजको मूल्य, पहिलेभन्दा आधा नै कम

काठमाडौं, २६ पुगा । भारतले नेपालतर्फ हुने प्याज निर्यातमा खुकुलो गरेपछि मूल्य पनि अप्रत्याशित रूपमा घट्न थालेको छ। निकै महंगोमा प्याज किन्न बाध्य नेपाली उपभोक्ताले केही राहत महशुष गरेका छन् ।

एक सातायता मुलुकभर प्याजको मूल्यमा भारी गिरावट आए पछि उपभोक्ताले केही राहत महशुष गरेका हुन् । वीरगन्ज र काँकडभिट्टामाजस्ता सीमावर्ती बजारमा सरदर प्रतिकलिो १ सय रुपैयाँमा किनबेच भइरहेको छ।

काठमाडौंस्थित कालीमाटी तरकारी बजमार भने बिहीबार किलोको १ सय ३० रुपैयाँ थियो। कालीमाटीमा साताअघि (१६ पुस) भारतीय प्याजको मूल्य १ सय ९५ थियो। अहिले भारतमा पनि प्याजको मुल्यमा गिरावयट आएपछि नेपालमा त्यसको प्रभाव परेको हो ।

अफ सिजनमा अधिकांश मुलुकमा प्याजको मुल्य बढ्ने गरेको छ । ‘एक सातादेखि प्याज आयात खुकुलो भएको छ र भारतमै मूल्य घटेको छ,’

कालीमाटीका प्याजका थोक बिक्रेता प्रकाश गजुलरेलले भने, ‘यसको फाइदा नेपाली उपभोक्ताले पाएका छन्। व्यवसायीका अनुसार भारतमै सस्तिन थालेपछि केन्द्र सरकारले निर्यातमा कुनै बाधा गरेको छैन।

यसका कारण नेपालमा दैनिक ५० टन आयात भइरहेको छ। भारतीय विश्लेषकले अहिलेकै दरमा किसानको उत्पादन बजारमा ल्याइए एक महिनाभित्रै प्याजको खुद्रा मूल्य ३० भारुसम्म झर्न सक्ने अनुमान गरेका छन्।

सम्बन्धित खवर