पथरीका होटल तथा लजमा यौन ब्याबसाय हुने गरेको रहस्य खुल्यो - Khabar Nepali
  • आइतबार, फागुन ११, २०७६

पथरीका होटल तथा लजमा यौन ब्याबसाय हुने गरेको रहस्य खुल्यो

पथरी

मोरङ्गको पथरीमा संन्चालित होटल तथा लजमा यौनकर्मी युवती राखेर यौन व्यावसाय गराउने गरेको खुलेको छ । प्रहरीले यौन व्यावसाय गराउने होटलका संन्चालकलाइृ पक्राउ गरेसंगै रहस्य खुलेको हो ।

पथरीमा रहेको चाम्लिङ्ग होटल एण्डका लजका संन्चालकद्धय सुनिता राई र विजय राईलाई इलाका प्रहरी कार्यालय पथरीका प्रहरी नायव उपरिक्षक लक्ष्मी अधिकारीको कमाण्ड टोली यौन क्रियकलापमा संम्लग्न रहेको अवस्थामै दुइ जोडी लाई नियन्त्रणमा लिएको हो ।

आइतवार राती उनीहरुलाई पक्राउृ गरिएको र मानव वेचविखन

तथा ओसारपसार अन्तरगत मुद्धा चलाइएको प्रहरी नायव उपरिक्षक अधिकारीले जानकारी दिए ।

सो कार्यमा संम्लग्न रहेका मध्ये १४ वर्षिय युवती समेत रहेको प्रहरीले जनाएको छ । होटल संचालकद्धय राईले युवतीहरुलाई प्रलोभनमा पारी यौनजन्य कार्यमा संम्लग्न गराएकाले संन्चालकद्धयलाई मुद्धा चलाइएको हो अधिकारीले भने । पथरीका अन्य होटल तथा लजमा पनि यस्तो कार्य गराइदै आएको सुचना आएको र यसका लागी प्रहरीले अप्रसन चलाइने उनले वताए ।

वेश्यगमनमा लगाउनेलाई १० देखि १५ वर्ष जेल र १ लाख सम्म जरिवाना हुने छ भने वेश्यगमनमा संम्लग्नलाई समेत १ देखी ३ महिना जेल सजाय हुने प्रावधान रहेको छ ।

सम्बन्धित खवर