केहि वर्ष पछि फेसबुकमा जीवित भन्दा मृतकको प्रोफाइल बढि हुने । - Khabar Nepali
  • मङ्गलबार, फागुन १३, २०७६

केहि वर्ष पछि फेसबुकमा जीवित भन्दा मृतकको प्रोफाइल बढि हुने ।

संसारमा फेसबुक प्रयोगकर्ताको संख्या अत्याधिक रुपमा बढी रहेको छ । केहि महिना अघि अक्सफोर्ड युनिभर्सिटी इन्टरनेट इन्स्टिटुटमा भएको अध्ययन अनुसार अबको ५० वर्ष पछि फेसबुकमा जीवित भन्दा मृतकको संख्या धेरै हुने बिश्वास गरिएको छ ।

अनुसन्धानका लेखक डेविड वाटसन र कार्ल जे ओहमन अनुसार यो अनुमान मानिस को मृत्यु दर , जनसंख्या वृद्धि र फेसबुकमा बढ्दो प्रोयोगकर्ता को विवरण अनुसार गरिएको हो ।अध्ययनले २२ औं शताब्दीको पहिलो दशकमा फेसबुकमा जीवितभन्दा मृतकको प्रोफाइल बढी हुने दाबी गरिएको छ ।

वाटसन र कार्ल जे ओहमनले आशा गरेका छन् कि उनीहरुको अनुसन्धानले फेसबुकलाइ सोचविचारपूर्ण र प्रभावकारी नीति ल्याउन सहयोग गर्ने छ । मानिसको मृत्यु पछि प्रयोगकर्ताको प्रोफाइल र प्रयोगकर्ताले अनलाइन छोडेर गएका डाटाहरुलाई कसरि फेसबुकले ह्यान्डल गर्नु पर्छ भन्नेमा नीति बनाउनु आवश्यक देखिन्छ । उनीहरु भन्छन कि उनीहरुले गरेको अध्यन फेसबुकको आलोचनाको लागि नभई, फेसबुक कम्पनिलाई सहयोग पुगोस भनेर गरिएको हो ।

तर एक फेसबुक प्रवक्ता अनुसार फेसबुक कम्पनी यो रिसर्चमा असहमत छ । उनि भन्छन कि मृतक प्रयोगकर्ताको प्रोफाइल हेण्डल गर्ने फेसबुकको आफ्नै तरिका छ । जब कम्पनिले मृतकको साथी या परिवारबाट आफ्नो प्रयोगकर्ताको मृत्युको खबर पाउछ तब प्रयोगकर्ताको प्रोफाइल फेसबुकको हेल्प सेन्टरको सहयोगले एक मेमोरी अकाउन्टको रुपमा बन्छ या फेसबुक प्रयोगकर्ताले आफु मरेपछि आफ्नो एकाउन्ट डिलिट गर्ने छनोट सुरुमै गर्न नि मिल्ने बताएका छन ।

इन्स्टाग्रामका प्रयोगकर्ता नि हाल सालै निकै बढेको पाइएको देखिन्छ जसलाई नि फेसबुक कम्पनीले नै हेर्ने गरेको छ । इन्स्टाग्राममा भने मृतक प्रयोगकर्ताको प्रोफाइल आफन्तको अनुरोधमा केहि समयको लागि स्मारकको रुपमा राखिदिन्छ त्यसपछि हटाइनछ ।

सम्बन्धित खवर