दाइजो लिन नमान्ने बेहुलालाई एक लाखको पुस्तक उपहार ! - Khabar Nepali
  • बुधबार, जेठ २१, २०७७

दाइजो लिन नमान्ने बेहुलालाई एक लाखको पुस्तक उपहार !

भारतमा दाइजो ठूलै सामाजिक समस्याका रुपमा रहेको छ । मागे जति दाइजो नपाए श्रीमान वा श्रीमानको परिवारले श्रीमतीको हत्या गरेको समाचार आइरहन्छ । तर, पश्चिम बंगालका एक जोडीले भने समाजलाई नयाँ पाठ पढाएका छन् ।

३० वर्षे विद्यालय शिक्षक सूर्यकान्त बारिकले विवाहको कुरा चल्न साथै दाइजो लिन अस्वीकार गरे । बेहुली पक्षले निकै जोड गरे पनि उनी आफ्नो निर्णयबाट विचलित भएनन् । दाइजो नलिने आफ्नो निर्णयमा अडिग रहे । उनको यो निर्णयलाई बेहुली पक्षले स्वीकार गरेपछि विवाह निश्चित भयो ।

जब उनी जन्ती लिएर बेहुली लिन पुगे तब युवा आश्चर्यमा परे । त्यहाँ उनकी हुनेवाला श्रीमतीले श्रीमानका लागि खास उपहार लिएर उपस्थित भइन् । बेहुलीले त्यो दाइजो नभएर उपहार भन्दै दुलाहलाई स्वीकार गर्न बाध्य पारिन् । वास्तवमा त्यो उपहारमा अरु केही नभएर एक हजार वटा किताब थियाे । जसको मूल्य एक लाख भारतीय रुपैयाँ पर्ने समाचारमा उल्लेख छ । एजेन्सी

#दाइजो # किताब उपहार

via :nayapatrikadaily

सम्बन्धित खवर