पहिलो उडान भर्दै विश्वकै सबैभन्दा ठूलो विमान - Khabar Nepali
  • बुधबार, जेठ २१, २०७७

पहिलो उडान भर्दै विश्वकै सबैभन्दा ठूलो विमान

विश्वकै सबैभन्दा ठूलो विमानले पहिलो उडान भरेको छ । ३ सय ८५ फिट लम्बाई भएको यो विमानको आकार फुटबल मैदान बराबरको रहेको छ।

यो विमानमा दुईवटा एअरक्राफ्ट बडी एकआपसमा जोडिएका छन् भने विमानमा ६ वटा इन्जिन छन् । स्ट्रेटोलन्च नामक कम्पनीअन्तर्गतको माइक्रोसफ्टका सहसंस्थापक पल एलनले सन् २०११ मा बनाएको यो विमानले अमेरिकाबाट पहिलो उडान भरेको हो ।

अन्तरिक्षमा सेटेलाइट छोड्नु अघि १० किलोमिटरसम्म उडान गर्ने उद्देश्यका साथ यो विमान निर्माण गरिएको बताइएको छ । यो परियोजना सफल भएमा अन्तरिक्षमा कुनै सामान पठाउन रकेट भन्दा पनि सस्तो र सुलभ हुने छ ।

पहिलो उडानमा नै यो विमान १५ हजार फुटको उचाइमा गएको र यसको अधिकतम गति १ सय ७० माइल प्रतिघण्टा रहेको छ । एजेन्सि

सम्बन्धित खवर