‘चट्ट रुमाल’ लाई थोत्रे गीत भने पछि विवादमा मेलिना - Khabar Nepali
  • मङ्गलबार, चैत २५, २०७६

‘चट्ट रुमाल’ लाई थोत्रे गीत भने पछि विवादमा मेलिना

पथरी शनिश्चरे | एकपछि अर्को चर्चित गीत गाउँदै आएकी मेलिना राईको स्वर स्रोताहरू माझ परिचित र प्रिय नाम हो । मिठो गीतको चर्चासँगै उनको चर्चा पनि चुलिदो छ तर यसपटक भने उनी फरक किसिमले चर्चामा छिन् ।

यसपटक पुरानो फिल्म आफ्नो मान्छेको गीत ‘चट्ट रुमाल क्यामालुम्…..’ लाई रि–एरेञ्ज गरेर फिल्म ‘यात्रा’का लागि मेलिना राई र धर्मेन्द्र सेवानले गाए । गीतको भिडियो सार्वजनिक हुने बित्तिकै स्रोता दर्शकका विभिन्न प्रतिक्रिया आए । तीमध्ये अधिकांश प्रतिक्रिया ओरिजिनल गीतमा शम्भुजित बाँस्कोटा र साधना सरगमले गाएजस्तो राम्रो नसुनिएको भन्ने किसिमका थिए ।

ताली पाउने आशामा रिमेक गरिएको गीतबाट बढी गाली खाएपछि गायिका मेलिना राई आक्रोशित भइन् । उनले गीत नराम्रो हुनुमा आफ्नो दोष नभएको भन्दै ‘यात्रा’ टिमकै गल्ती भएको स्टाटस् लेखिन् ।

उनले आफैंले गाएको गीतलाई थोत्रे गीत भन्दै आक्रोश पोखेपछि उनी विवादमा परेकी छन् । उनले फिल्म टिमले आफूलाई दुई पटक गीत गाउन लगाएर थोत्रे गीत राखेको र कोरियोग्राफी पनि राम्रो नभएको भन्दै दोष जति अरूलाई थोपरेपछि उनीमाथि लगातार गसिपहरू आउन थालेका छन् ।

केहि रमाइला तथा मन छुने छोटा फिल्महरु

सम्बन्धित खवर