प्रियंकाले जब पति निकलाई पूर्वप्रेमिकासँग भेटिन् तब उनले यस्तो भनिन् - Khabar Nepali
  • मङ्गलबार, चैत २५, २०७६

प्रियंकाले जब पति निकलाई पूर्वप्रेमिकासँग भेटिन् तब उनले यस्तो भनिन्

बलिउड अभिनेत्री प्रियंका चोपडाले आफ्नो पतिलाई पूर्वप्रेमिकासँग ‘च्याट’ गरिरहेको रंगे हात भेटेकी छिन् ।  यतिवेला चाहिँ निककी पूर्वप्रमिका माइली साइरस हुन् । निकको र माइलीको सम्बन्ध प्रियंकासँग भेट्नुभन्दा अगाडिको हो । उनीहरु एकअर्कासँग डेट गरिरहेका थिए ।

माइलीले केहि दिन अगाडि निकलाई इन्स्टाग्राममा एउटा तस्बिर पठाइन् । फोटो माइली र उनकी बहिनीको थियो । तस्बिरमा माइलीले जोनसको तस्बिर भएको टिसर्ट लगाएकी छिन् । त्यसपछि उनले निकले दिएको रिप्लाईसहितको स्क्रीनशट फेरि अपलोड गरिन् । फोटो सेयर गर्दै माइलीले ‘तपाईलाई आफ्नी पूर्वप्रेमीलाई थाहा होस् कि पुरानो फोटो हट थियो’ भनेर लेखिन् । फोटोको कमेन्टमा निकले ‘यो तस्बिर निकै हट छ’ भनेर लेखेका छन् ।

जब यो सबै प्रियंकाले देखिन् उनले पनि फोटोमा कमेन्ट गर्दै लेखिन्, ‘हाहाहा… ‘हबी’ सहि हो । यो फोेटो वास्तवमै हट छ ।’

सम्बन्धित खवर